नैतिकताको घेराबन्दीमा न्याय प्रशासन
काठमाडौं । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद काटिरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले साढे ११ वर्ष कैद सजाय छुट हुने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीले फैसला गरेपछि न्याय प्रशासनमा गम्भीर प्रश्न उठेको छ ।
१५ असारमा प्रधानन्यायाधीश राणा र केसीको संयुक्त इजलासले गरेको रञ्जनको मुद्दाको अस्वाभाविक फैसलाको नागरिक समाजका सदस्यदेखि सामाजिक सञ्जाल र सडकसम्म कडा विरोध गर्दै न्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने माग गरेका छन् । यस्तो माग गर्नेहरूमा पूर्वप्रधानमन्त्री र सांसदलगायत सत्तारूढ र विपक्षी पार्टीका नेताहरूसमेत छन् । आफ्नै पत्नीलाई हत्या गरी जलाएको आरोपमा रञ्जनलाई उच्च अदातल र जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाएका थिए ।
कोइरालाले दायर गरेको रिटका सम्बन्धमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसहितको इजलासमा पेसी तोकेका थिए । पेसी तोकेकै दिन सरकारी वकिल पक्ष र प्रतिवादी पक्षले बहस सके । १० दिनभित्रै फैसलाको पूर्ण पाठ तयार भयो ।
फैसलामा सर्वोच्चले यसअघिका कर्तव्य ज्यानसम्बन्धी मुद्दाको नजिरसमेत लत्याएर पत्नी हत्याका दोषी कोइरालालाई ११ वर्ष ६ महिना कैद छुटसहितको पूर्ण पाठ आएपछि सर्वत्र विरोध भएको छ । जघन्य अपराधको घटनामा संलग्न व्यक्तिलाई कानुनको समेत अपव्याख्या गरेर छुट दिएपछि न्यायाधीशको कार्यक्षमताको विषयमा समेत प्रश्न उठेको छ ।
सर्वोच्च अदालतले फैसलामा कोइरालालाई साविक मुलुकी ऐन अ.ब. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ) ऐन, २०७४ को दफा १७ (क) अनुसार ८ वर्ष ६ महिना कैद हुने फैसला गरेको हो । ८ माघ २०६८ सालदेखि थुनामा बसेकामा सर्वोच्च अदालतको ठहरबमोजिम ८ वर्ष ६ महिना मात्रै सजाय हुने फैसला ग¥यो ।
यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले ७ वैशाख २०७१ मा पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो ।
सर्वोच्चमा रञ्जनका जस्ता धेरै मुद्दा वर्षौंदेखि चाङ लागेर बसेका छन् । गत आर्थिक वर्षमा मात्रै सर्वोच्चले ३५ हजार मुद्दामा १० हजार मात्रै फैसला गरेको छ । यसरी फैसला भएर १५ दिनभित्रै द्रुत गतिमा फैसला लेखेको मुद्दा भाग्यमानी साबित भए । साथै न्यायाधीशमा चित्त लागेपछि श्रीमती हत्याका अभियुक्त रञ्जन कोइरालाले ११ वर्ष ६ महिना जेल सजाय छुट पाए ।
लकडाउनको समयमा मुद्दाको सुनुवाइ एकै दिन सकेर ५ दिनमै फैसलाको पूर्ण पाठ तयार मात्रै होइन, दोषी ठहर भई सजाय काटिरहेका अभियुक्त कोइरालाले न्यायाधीशको बक्सिस पाए ।
अब कसरी चल्छ रञ्जनको मुद्दा
महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकन निवेदन दिइसकेको अवस्थामा अब सर्वोच्च प्रशासनले सो निवेदन अनुमतिका लागि इजलासमा पेस गर्छ ।
दर्ता भएको निवेदनमा मागबमोजिम पुनरावलोकन हुनुपर्ने हो÷होइन वा अनुमति दिने÷नदिने विषयमा दुई न्यायाधीशको इजलासमा सुनुवाइ गर्नुपर्ने व्यवस्था छ । अनुमतिका लागि सुनुवाइ गर्दा यसअघि मुद्दा फैसला गरेको भन्दा फरक न्यायाधीशले त्यसको व्यवस्थापन गर्नुपर्छ ।
पुनरावलोकनका लागि अनुमति दिएमा (निस्सा पाएमा) फैसलामाथि पुनर्विचार गर्ने वा सच्याउने प्रक्रिया सुरु हुन्छ । यसरी पुनरावलोकनका लागि अनुमति पाएका मुद्दाको सुनुवाइ सुरुमा फैसला गर्ने र अनुमति दिनेबाहेकका तीन जना न्यायाधीशको इजलासले गर्नुपर्ने कानुनी व्यवस्था छ । इजलासले मुद्दा पुनरावलोकनको अनुमति नदिएमा प्रक्रिया त्यहीँ अन्त्य हुन्छ र सोसँगै भइसकेको फैसलामाथि पुनर्विचार गर्ने वैधानिक बाटो समाप्त हुन्छ ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...