ताजा समाचार

प्रधान कार्यालयमा कार्यरत चार प्रहरी कोरोना संक्रमण

काठमाडाैँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरीमा कोरोनाभाइरस संक्रमण भएको छ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीका अनुसार चार जनामा कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरूको स्वाब निकालिएको थियो।

‘कोरोनासँग मिल्ने लक्षण देखिएपछि हामीले चार जना प्रहरीको स्वाब प्रहरी अस्पतालमा पठाएका थियौं,’ उनले भने,’ उताबाट अन्तिम परीक्षणको लागि टेकू पठाएका छन्।’

स्रोतका अनुसार प्रधान कार्यालयको सवारी शाखाका ४ जनालाई कोरोन संक्रमण पुष्टि भएको छ।

देशभरि अहिलेसम्म १२० जना प्रहरीलाई कोरोना संक्रमण भएको छ भने तीमध्ये १०० जना निको भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org