ताजा समाचार

नेपाली सेनाले सशस्त्र प्रहरीलाई दियो ६ सय इन्सास राइफल

काठमाडाैँ । नेपाली सेनाले ६ सय वटा इन्सास राइफल सशस्त्र प्रहरीलाई प्रदान गरेको छ ।

नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई राइफल हस्तान्तरण गरेका हुन् ।

माओवादीको सशस्त्र द्वन्द्वका समयमा यी हतियार भारतबाट ल्याइएका थिए । क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप ती हतियार सशस्त्र प्रहरीलाई प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

हाल सशस्त्र प्रहरीसँग ७.६३ एमएमको एसएलआर राइफल थियो । १५ असारको मन्त्रिपरिषद बैठकले सेनासँग भएका हतियार सशस्त्र प्रहरीलाई दिने निर्णय गरेको थियो ।
यी हतियार सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई दिइनेछ । राइफलका साथै नेपाली सेनाले हतियार मर्मतबारे १५ दिने तालिम समेत सशस्त्र प्रहरीलाई दिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org