दार्चुलाका सीडीओको पत्रः कालापानी क्षेत्र नेपालकै हो, अवरोध नगर्नू
काठमाडाैँ । भारतले अतिक्रमण गरेको नेपाली भूमिमा नेपालीलाई नै अवरोध गर्ने गरी पत्र पठाएपछि नेपालले पनि त्यसको जवाफ दिएको छ।
भारतको धार्चुलास्थित इलाका प्रशासनले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै नावी, कुटी र गुन्जी नेपालकै भएको र आफ्नो देशमा आफ्ना नागरिकलाई अवरोध नगर्न भनिएको छ।
‘सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५ एवं त्यस समयमा प्रकाशित नक्साहरु साथै ऐतिहासिक तथ्य र प्रमाणहरुको आधारमा काली नदी र सो पूर्वका लिम्पियाधुरा, कुटी, नावी, गुन्जी, कालापानी र लिपुलेक लगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ’, दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोख्रेलले लेखेको पत्रमा भनिएको छ, ‘उल्लिखित नेपाली भूभागहरुमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको र त्यसमा कहीँ कतैबाट बाधा अड्चन हुनुहुँदैन भन्ने नेपाल सरकारको धारणा रहेको विषय जानकारी गराउँछु।’
यसअघि भारतको इलाका प्रशासन कार्यालयलाई यसबारे कुनै जावफ नदिने बताएका प्रमुख जिल्ला अधिकारी पोख्रेलले गृह मन्त्रालयको निर्देशनपछि भारतलाई पत्रको जवाफ फर्काएका हुन्।
भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि नेपालले त्यसको विरोध गरेको छ। यस्तै नेपालले आफ्नो मिचिएको लिम्पियाधुरा, लिपुलेक, कालापानी समेत समेटेर नयाँ नक्सा जारी गरेको छ।
सो नक्सा संविधानको अनुसूचीमा रहेको निशान छापमा राख्न गरिएको संविधान संशोधन पनि संसदबाट सर्वसम्मत पारित भएपछि भारतले त्यसको विरोध जनाउँदै आएको छ।
यो विषयलाई दुवै देशले वार्ताको माध्यमबाट समाधान गर्ने भने पनि भारतले त्यस क्षेत्रमा कसैलाई प्रवेश नदिन भन्दै पछिल्लोपटक पत्राचार गरेको थियो।
त्यसको जवाफमा नेपालले त्यो क्षेत्र नेपालकै भएको पुनः स्मरण गराउँदै पत्रको जवाफ दिएको हो।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...