ताजा समाचार

देउवासँग असन्तुष्ट कांग्रेस नेताको भेला सानेपामा

काठमाडाैँ ।  सभापति शेरबहादुर देउवासँग असन्तुष्ट रहेका नेपाली कांग्रेसका नेताहरूको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

१४ औं महाधिवेशन घोषणा भइसकेको अवस्थामा देउवाले विभाग र समितिमा मनोनयन जारी राखेपछि असन्तुष्ट केन्द्रीय सदस्यहरूले भेला आयोजना गरेका हुन्।

भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत उपस्थित हुनेछन्। बुधबार दिउँसो २ बजेका लागि बोलाइएको भेला अहिलेसम्म सुरू भएको छैन।

केहीबेरमा बैठक सुरू हुने कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए। निर्वाचन आचारसंहिताविपरीत सभापति देउवाले विभागमा मनोनयन गरेपछि वरिष्ठ नेता पौडेल पक्षका नेता भेलामा जुट्न लागेका हुन्।

२८ विभाग बढाएर कांग्रेसले ४७ पुर्‍याएको छ। यीमध्ये महत्वपूर्ण विभागमा देउवाले संयोजकलगायत मनोनयन गरेका छन्। पौडेलसँग विभागका लागि नेताहरुकाे नाम मागिए पनि दिएका थिएनन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org