ताजा समाचार

२ सय १० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १९ हजार २ सय ७३ पुग्यो

काठमाडाैँ । बुधबार देशभर कोरोनाका २ सय १० जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।

यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४६ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १४ हजार २१ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ।

हाल देशभर ५ हजार २ सय ३ सक्रिय संक्रमित छन्। त्यस्तै ४९ जनाले कोरोनापछि ज्यान गुमाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org