ताजा समाचार

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

काठमाडौँ । गत मंगलबार कमलादीस्थित नविल बैंक मोडबाट काठमाडौँ प्रहरीले बरामद गरेको साढे १४ केजी चाँदी, आधाकेजी सुन र २ थान पेस्तोलको अनुसन्धान पेचिलो बनेको छ ।

दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाल नेतृवत्को टोलीले गरेको सो अप्रेशको घटनास्थल नै परिवर्तन गरेको पाइएको छ । घटनास्थल सुन्धारा भएपनि काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीको निर्देशनमा क्राइम सिन परिवर्तन गरिएको महानगरीय प्रहरी कार्यालयका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको नेतृत्वमा छानविन समिति गठन गरेको छ । घटना अनुसन्धानको जिम्मा काठमाडौँ प्रहरीबाट खोसेर अपराध महाशाखालाई दिइएको छ ।

‘सिसिटिभी फुटेज विष्लेषण गर्दा घटनास्थल परिवर्तन गरिएको देखियो,’ महानगरीय प्रहरी कार्यालयका ती अधिकृतले भने । काठमाडौं प्रहरी प्रमुख ज्ञवालीले पत्रकार सम्मेलन गरेर कमलादीस्थित नविल बैंक मोडबाट साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरिएको बताएका थिए । तर, ज्ञवालीले दावी गरेको ठाउँमा नविल बैंक नै नभएको अनुसन्धानबाट खुलेको छ ।

पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, एसपी सोमेन्द्र सिंह राठौर र दरबारमार्ग वृत्तका प्रमुख रन्जन दाहाल ।
दरबारमार्गका डीएसपी दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कार्पियो भागेको प्रहरीको दावी छ । स्कार्पियोमा चालक बाहेक तीनजना सवार थिए ।

स्कार्पियो छाडेर काठमाडौँबाट भागेका तीनजनालाई महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा दुम्कीबासबाट पक्राउ गरिसकेको छ । उनीहरुलाई बिहिबार विहान काठमाडौँ ल्याइएको छ ।

सुनको पोको फालेर गाडी भागेको सूचना दरबारमार्ग बृत्तका डीएसपी रन्जन दाहालले एसएसपी ज्ञवालीलाई तत्काल गर्दा पनि उनले पुतलीसडकदेखि भाग्नसक्ने थानकोट र कोटेश्वर नाकामा उक्त गाडी नियन्त्रणमा लिने प्रयास किन गरेनन् ? यसले काठमाडौं परिसरको समेत उक्त गाडी र सुन फाल्ने मानिस पक्राउ नपर्नुमा लापरबाही देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org