ताजा समाचार

‘इनफ इज इनफ’ का अभियन्ता पक्राउको विरोधमा महेन्द्र पुलिस क्लब अगाडि प्रदर्शन

काठमाडाैँ । गृह मन्त्रालय प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा महेन्द्र पुलिस क्लब अगाडि धर्ना दिएका छन्।

सूचनाको हकको निवेदन दर्ता गर्न गृह मन्त्रालय प्रवेश गर्न खोज्दा पाँच जना पक्राउ परेका थिए।

अभियानका सदस्यहरु पक्राउ परेपछि आक्रोशित बनेको अभियन्ताहरुले पुलिस क्लब अगाडि धर्ना दिएका हुन्। पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसी लगायत रहेका छन्।

प्रहरीले पक्राउ गरेका अभियन्ताहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ। अभियन्ताहरुले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुुनुपर्नेभन्दै देशैभरि विभिन्न स्थानमा अनसन, विरोध गर्दै आएका छन्।

असार २३ गते अभियान्ताहरुले उठाउँदै आएका माग पुरा गर्ने प्रतिवद्धता सरकारले जनाएको थियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org