ताजा समाचार

थप २७४ जनामा कोरोना संक्रमण, २२७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा बिहिबार  २ सय ७४  जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

यो सगैँ देशभर कोरोना संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।  गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण गरिएको छ।  हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ। यस्तै, बुधबार २ सय २७ जना डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार २ सय ४८ जना निको भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org