ताजा समाचार

काठमाडौं उपत्यकामा ३८ कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार ३७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।

उनले काठमाडौंमा ३२ जना, ललितपुरमा पाँच जना र भक्तपुरमा एक जनामा कोरोना देखिएको जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा काठमाडौंका आठ जनामा कोरोना संक्रमण देखिएको छ ।

पाटन अस्पतालमा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एक जना र ललितपुरमा दुई जनमा कोरोना देखिएको उनले जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका तीन जना र ललतिपुरका दुई जना कोरोना संक्रमित भेटिएका उनले बताए ।

नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १८ र ललितपुरमा १ जना कोरोना संक्रमण देखिएको उनले जानकारी दिए ।

नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एक जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । देशैभर कोरोना संक्रमित २२४ जना  थएिका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org