ताजा समाचार

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५६ पुग्यो

काठमाडाैँ । नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको बताए।

मृत्य हुनेमा पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुरका ५६ वर्षीय पुरुष रहेको छन्। उनको बिहीबार राति ११ बजे मृत्यु भएको हो।

उनी मुटुको रोगी थिए। आईसीयू र भेन्टिलेटरमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

उनलाई साउन ६ गते कोरोना पुष्टि भएपछि साउन ७ गते गण्डक अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो। मृत्युकोे समयमा उनको शरुीरमा अक्सिजनको मात्रा कमी हुँदै गएको थियो।

त्यस्तै पर्साकै अर्का संक्रमित वीरगन्ज महानगरपालिका १६ का ३५ वर्षीय पुरुषको बिहीबार साँझ ७ बजेर ४० मिनेट जाँदा गण्डक अस्थायी कोभिड अस्पतालमै मृत्यु भएको हो। उनमा साउन १५ गते कोरोना पुष्टि भएको थियो।

त्यस्तै पर्साको वीरगन्ज महानगरपालिका २ का छपकैया निवासी ६५ वर्षीय पुरुषको पनि बिहीबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। उनको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको हो।

त्यस्तै पर्सा घर भइ हाल धसीखेल–५, ललितपुर बस्ने ६५ वर्षीय महिलाको शुक्रबार पाटन अस्पताल ललितपुरमा मृत्यु भएको छ। उनमा साउन ६ गते कोरोना पुष्टि भएको थियो। उनी मधुमेह र प्रेसरको बिरामी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org