ताजा समाचार

वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडाैैं । वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना ५० र अर्को ६८ वर्षीया महिला रहेको नारायणी कोरोना अस्थायी अस्पताल गण्डकका डाक्टर निरज सिंहले जानकारी दिए।

उनका अनुसार दुवै महिला वीरगन्ज-१६ निवासी हुन्। ५० वर्षीया महिलाको भने शुक्रबारै वीरगन्जस्थित बयोधा अस्पतालमा बिहान १० बजे निधन भएको थियो। पछि पिसिआर नतिजा आउँदा उनमा संक्रमण पोजेटिभ देखिएको हो।

अर्की ६८ वर्षीया महिलालाई पनि त्यही अस्पतालले शनिबार बिहान गण्डक अस्पताल रिफर गरेको थियो। डा. सिंहले दुवै महिलामा निमोनियाको समस्या रहेको जनाए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org