ताजा समाचार

बालुवाटारमा ओली–प्रचण्डबीच तीन घण्टा छलफल

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको छलफल सकिएको छ।

प्रधानमन्त्र निवास बालुवाटारमा आइतबार बिहान ९. ५५ बजेदेखि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच ३ घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पोडेल पनि सहभागी रहेको स्रोतले जनायो।

असार १० गते बसेको स्थायी समिति बैठकमा बोल्ने अधिकांश स्थायी समिति सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो। सहमतिका लागी भन्दै दुई अध्यक्ष र अन्य नेताहरुबीच पटक–पटक छलफल भए पनि सहमति भने जुट्न सकेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org