ताजा समाचार

उपत्यकामा थपिए ३१ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टाको अवधिमा उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। काठमाडौंका २२ , ललितपुरका ८ र भक्तपुरका १ जना गरी जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो।

आइतबार थप २४६ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या  पुगेको हो। शनिबार मात्रै ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

आइतबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ५ हजार ६ सय ७२ पुगेको छ। जसमध्ये प्रदेश १ मा २५१ जना, प्रदेश २ मा २ हजार १ सय ७५ जना ,
बागमती प्रदेशमा ६०६ जना, गण्डकी प्रदेशमा २८७ जना, प्रदेश ५ मा ३९६ जना, कर्णाली प्रदेशमा २९३ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ६४ जना
रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १११ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल १४ हजार ६०३ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पीसीआर नमुना परीक्षण भएका छन्।

क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ९३४ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा  ५ हजार ३ सय ६२ जनाको उपचार भइराखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org