ताजा समाचार

‘काठमाडौंमा सल्किँदैछ ‘कोरोनाको डढेलो’, लकडाउनमा जाने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको बताएका छन्।

सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताए। न्यूज एजेन्सी नेपालका सम्वाददातासँगको कुराकानीमा मन्त्री ढकालले सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवस्यक सबै सामग्रीलाई तयारी अवस्थामा राखेको बताए।

‘हामीसँग क्षमताको हिसाबले कुरा गर्दा १८ हजार प्लसमा हामी पुगेका छौं’, उनले भने, ‘यो १८ हजारको क्षमतामा हामी प्रतिदिन त्यसको रिपोर्ट दिन सक्छौं भन्‍नुको अर्थ सामग्री पनि त्यही परिमाणमा चाहिने कुरालाई हामीले हेक्का राखेका छौं।’ ६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेको समेत मन्त्री ढकालले बताए।

अहिले सम्म ३ लाख ७० हजार भन्दा बढीको पीसीआर परीक्षण भइसकेको र त्यसलाई ६ लाख पुर्‍याउने तयारी स्वरुप सरकार अगाडि बढेको बताए।  ‘प्रधानमन्त्रीले संसदमा बोल्दा नै जनसंख्याको दुई प्रतिशतलाई हामीले परीक्षणको दायरामा ल्याउँछौँ भन्‍नु भएको थियो’, उनले भने, ‘हामीले त्यसलाई ६ लाखको संख्यामा बुझेका छौं। पिसिआर प्रविधिबाट ६ लाखको परीक्षण गर्ने सामर्थ्यसहित रहने तयारीमा मन्त्रालय छ।

अहिलेसम्म हामी ३ लाख ७० हजार भन्दा बढी नै छौं। यसले गर्दा ६ लाखसम्म गराउने तयारीसहित हामी बसेका छौं। उनले परीक्षण नगरेका कारण रिपोर्ट कम भएको भन्‍ने कुरा सत्य नभएको बताए। तर सबै ठाउँमा पुगेर परीक्षण गरिएको दाबी नगरिएको समेत उनले बताए। सरकारले बनाएको मापदण्ड अनुसार नै परीक्षण भएको उनको दाबी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org