लकडाउनको तयारीमा सरकार, प्रधानमन्त्री ओली विज्ञहरुसँग परामर्शमा
काठमाडौं। कोभिड १९ का संक्रमित बढ्दै जाँदा सरकारले फेरि लकडाउन गर्न परामर्श अघि बढाएको छ।
विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह स्थिति आउने चेतावनी दिइरहेका बेला सरकार लकडाउन गर्ने वा नगर्ने भन्ने परामर्शमा जुटेको हो।
लकडाउनका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले मंगलवार २० जना भन्दा बढी जनस्वास्थ्य विद्लाई सरकारी निवास बालुवाटार बोलाएका छन्। संक्रमितको संख्या बढिरहेकाले थप रणनीति तयार पार्न विज्ञहरुको सल्लाह लिन लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘संक्रमित बढिरहेका छन्। त्यसैले विज्ञहरुको सल्लाह लिन लाग्नुभएको हो,’ उनले भने।
संक्रमण कसरी रोक्ने बारेमा छिट्टै अर्को रणनीति बनाउनेबारे सरकारले तयारी थालेको छ। त्यसका लागि छलफलको सिरिज अन्तर्गत विज्ञहरुसँग छलफल थालिएको थापाले बताए। उनका अनुसार प्रधानमन्त्रीले यसपटक पनि यसअघि गरिएको जस्तै विज्ञहरुसँग छलफल गरेर थप निर्णयमा पुग्नेछन्। यसअघि पनि लकडाउन खुकुलो गर्नुअघि २५ जना विज्ञहरुको सल्लाह प्रधानमन्त्रीले लिएका थिए। विज्ञहरुको सल्लाहपछि लकडाउन खुकुलो पारेको सरकारले फेरि लकडाउने गर्नेबारे छलफल थालेको हो।
पछिल्लो समय प्रदेश २ का वीरगंज, धनुषा लगायत ठाउँमा संक्रमण बढिरहेको छ। काठमाडौं उपत्यकामा पनि बढिरहेको अवस्था छ। ट्राभल हिस्ट्री नभएका ब्यक्तिहरुमा समेत संक्रमण देखिन थालेपछि विज्ञहरुले भयावह रुप लिनसक्ने भन्दै चेतावनी दिएका छन्।
स्वास्थ्य मन्त्रालयले आइतवार बालबालिका र जेष्ठ नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको थियो। सरकारले भने हालसम्म कोभिड १९ को संक्रमण समुदायमा फैलिसकेकोबारे औपचारिक जानकारी दिएको छैन। तर तराई लगायतका कतिपय ठाउँमा संक्रमण समुदायमा फैलिएको नफैलिएका भन्नेबारे अध्ययन भइरहेको बताइएको छ।
नेपालमा चैत १० गते लकडाउन गरिएकोमा साउन ७ गते हटाएको थियो। लकडाउन हटाएपछि संक्रमण बढदै गएको छ। सुरुवातमा विदेशबाट आएकामा मात्रै संक्रमण देखिएको भएपनि अहिले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार लगायतमा संक्रमण देखिन थालेको छ। हाल नेपालमा २० हजार भन्दा बढिमा कोभिड १९ संक्रमण पुष्टि भएको छ भने ५७ जनाभन्दा बढीको निधन भएको छ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...