ताजा समाचार

विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु

काठमाडाैँ  । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

ज्वरो र स्वासप्रश्वासको समस्या लिएर सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका विराटनगर महानगरपालिका– ५ का ७७ वर्षका वृद्धको मृत्यु भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

वृद्धलाई आइसोलेसनमा राखी अस्पतालले १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । उनको सवा ३ बजे मृत्यु भएको थियो भने त्यसको करिब एक घण्टापछि संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

मधुमेहको समस्यासमेत रहेका वृद्धलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।

मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । गत बुधबार सोनवर्षी नगरपालिका ८ का १ जनाको मृत्यु भएको थियो । विराटनगरको मृत्युपछि नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org