कोरोना संक्रमण रोक्न विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री
काठमाडाैँ । संघीय राजधानी काठमाडौंंसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै छन्।
समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न मंगलबार छलफल गर्न लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार २० भन्दा बढी विज्ञसँग छलफल गर्ने तय भएको छ। विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ।
लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए। त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो। ‘अहिलेको अवस्था हेर्दा सरकारले केही न केही त उपाय अपनाउनै पर्ने भएको छ’, एक मन्त्रीले भने, ‘मंगलबार विज्ञहरूको सुझाव लिऔं। अनि, सरकारले के गर्ने भन्नेमा निर्णय गर्छ।’
साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ। बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ। भारतलगायत देशबाट आउनेलाई सीधै घरपरिवारको सम्पर्कमा जान दिइएको छ। यस्ता गतिविधिका कारण समुदायमा कोरोना फैलिएको विज्ञको भनाइ छ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि भीडभाड व्यवस्थापनदेखि लकडाउनसम्म जान सुझाव आइरहेको सम्बन्धित मन्त्रीहरू बताउँछन्। स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा निजी सवारी साधनमा पुनः जोरबिजोर प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरेको छ।
स्वास्थ्यको उक्त प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा विचाराधीन छ। यसबारे निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नुपर्ने हुन्छ। लकडाउन अन्त्यसँगै सरकारले २६ असारदेखि जोरबिजोर प्रणाली हटाएको थियो। सरकारले काठमाडौं प्रवेशमा पनि कडाइ गर्न थालेको छ। राति ७ देखि बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक अरूलाई काठमाडौं प्रवेशमा रोक लगाइएको छ। नाकामै कोभिड परीक्षण थालिएको छ।
हवाई सेवा र लामो दूरीका यातायात साधन भदौ १ देखि सञ्चालनमा ल्याउने तयारी छ। तर पछिल्ला दिनमा संक्रमितको संख्या र मृत्युदर बढेपछि यातायात सञ्चालनको मोडालिटीबारे सरकारी संयन्त्र अलमलमा छन्। कोभिडबाट संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। ५७ जनाको मृत्यु भइसकेको छ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...