ताजा समाचार

सशस्त्र प्रहरीका डीएसपीसहित १३१ जनामा कोरोना संक्रमण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

जसमा एकजना डीएसपी पनि छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका छन् ।

जसमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन् । डीआईजी अर्यालका अनुसार संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाँचलगायत प्रक्रिया जारी छ ।

उनले संक्रमण देखिएका स्थानमा विभिन्न अन्य युनिटबाट कामकारबाहीका लागि टोली परिचालन गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org