ताजा समाचार

सुनको मूल्य लाख नाघ्यो, प्रतितोला १ लाख १ हजार ४ सय

काठमाडौं । सुनको मूल्य तोलाकै १ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा १६ सय रुपैयाँले बढेर बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य मंगलबार ९९ हजार ८ सय रुपैयाँ थियो । यसदिन तेजाबी सुनको मूल्य पनि पनि बढेको छ । तेजावी सुन मंगलबार प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भएकामा बुधबार प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यले तोलाको लाख रुपैयाँ छुँदा चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेको छ ।

सुनको मूल्य पछिल्लो महिनामै १० हजार रुपैयाँले बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org