ताजा समाचार

कोरोना त्रासः सिंहदरवार प्रवेशमा रोक

काठमाडाैँ। सरकारले कोरोना त्रास वढेको भन्दै सिंहदरवार प्रवेशका लागि जारी गरिने सवै पास रद्ध गरेको छ ।

भीडभाडका कारण कोरोना त्रास वढेको भन्दै सर्वसाधारणका लागि सिंहदरवारभित्रका विभिन्न कार्यालयले जारी गर्ने गेटपास वितरण बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मुख्यसचिवको निर्देशनअनुसार सिंहदरवारभित्र कार्यरत कर्मचारीबाहेक सवैलाई प्रवेशमा रोक लगाइएको हो ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार अर्को सूचना जारी नभएसम्म अव पत्रकारसहित सबैका लागि सिंहदरवारमा प्रवेश निशेष गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org