ताजा समाचार

काठमाडौँका ५७ सहित उपत्यकामा थपिए ६२ संक्रमित

काठमाडाैँ । काठमाडौँ उपत्यकामा पछिल्लोे २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ५७ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पछिल्ले २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ भने  सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ३५९ को पीसीआर परीक्षण गरिएको छ।

आज १३० जना कोरोना मुक्त भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या  १५ हजार १५६ रहेका छन्।

प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनामुक्त हुनेको प्रतिशत ७०.८ रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org