ताजा समाचार

पछिल्लो २४ घण्टामा ३६० संक्रमित थपिए

काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३६० जनामा संक्रमण पुष्टि भएको बताए।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या थप ६ हजार २९६ रहेको छ।

आज ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै कोरोना मुक्त हुनेको संख्या १५ हजार ३८९ पुगेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org