ताजा समाचार

स्वास्थ्य मन्त्रालयले भन्योः उपत्यकामा संक्रमण बढ्यो, सतर्कता अपनाउनुस्

काठमाडौं । स्वास्थ्य मन्त्रालयले उपत्यकामा संक्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ ।

दिनदिनै संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सरकारी, सामुदायिक तथा नीजि कार्यालयहरुमा बैठक, गोष्ठि, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न आग्रह गरेका छन् ।

गर्नैपर्ने अवस्थामा भर्चुअल बैठक गर्न उनले अपिल गरेका छन् । यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा संक्रमणको दर उच्च रहेकाले प्रदेश सरकार, स्थानीय पालिकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गरे ।

उपत्यका लगायत घनावस्ती भएका क्षेत्रमा संक्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण चिकितसक लगायतको अभाव हुने सम्भावना देखिएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ ।

संक्रमण बढ्दै गएमा अस्पतालले धान्न सक्ने अवस्था नभएकाले रोग लाग्न नदिन बेलैमा होस पुर्‍याउन उनले आग्रह गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org