ताजा समाचार

पोखरामा कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु

काठमाडाैँ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा–१९ का ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।

आईसीयूमा राखेर उपचार गरिरहेकै अवस्थामा राति ११ः३५ मा उनको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

अस्पतालका निर्देशक अर्जुन आचार्यका अनुसार मधुमेह रोगबाट समेत पीडित उनी साउन १७ मा अस्पताल भर्ना भएका थिए ।

यससँगै कोरोना भाइरसबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि स्याङ्जाका दुई, बागलुङ र गोरखाका एक/एक जनाको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org