पार्टी एकताको पक्षमा नेकपाका सांसदले गरे हस्ताक्षर, दिउँसो पेरिसडाँडामा पत्रकार सम्मेलन
काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ५० बढी सांसदले पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर गरेका छन्।
पार्टीका दुबै अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरूले शीर्ष नेतालाई दबाब दिन आइतबार दिउँसो हस्ताक्षर र धारणा सार्वजनिक गर्न लागेको सांसद यज्ञराक सुनुवारले न्युज-नेपाललाई जानकारी दिए।
नेता नेपालनिकट सांसद यज्ञराज सुनुवारका अनुसार पूर्वमाओवादीको संसदीय दलको कार्यालयमा दिउँसो पत्रकार सम्मेलन गरेर हस्ताक्षर र धारणा सार्वजनिक गर्न लागिएको हो।
‘अहिलेको अवस्थामा पार्टी विभाजन गर्नु हुन्न बरू एकतालाई मजबुद् बनाउनु पर्छ भन्ने दबाब दिन हामीले हस्ताक्षर गरेका हौं,’ सांसद सुनुवारले भने।
आफूहरू पार्टीभित्रको यो विवादमा कुनै समूहतीर नरहेको र पार्टी एकताको पक्षमा रहेको जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागिएको सांसद भट्टराईको भनाइ छ।
‘यो बेलामा पार्टी फुट्नु हुँदैन, हामी कुनै पनि खाले विभाजनको पक्षमा छैनौं’, उनले भने, ‘पार्टी एकताका लागि अब शीर्ष नेताको घरदैलोमा गएर दबाब दिनसमेत हामी पछि पर्दैनौं।’
हस्ताक्षर गर्नेहरूमा विशाल भट्टराई, यज्ञराज सुनुवार, गणेश ठगुन्ना, तेज बहादुर बस्नेत, श्यामकुमार श्रेष्ठ, गणेश पहाडी, सुरेशकुमार राई लगायत छन्।
पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड र नेपाल समूहबीच विवाद चुलिँदै गएको छ।
विवाद चुलिँदै जाँदा दुई वर्ष अघि एक भएको पार्टी विभाजन त हुने होइन भन्ने चिन्ता आमकार्यकर्तामा छ
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...