ताजा समाचार

थपिए ३८० कोरोना संक्रमित, ४० जना डिस्चार्ज

काठमाडौँ ।  पछिल्लो २४ घन्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ ।

नियमित मिडिया ब्रिफिङका क्रममा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा गरिएको ८ हजार ५ सय १५ पीसीआर परीक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यस्तै, २४ घन्टामा ४० जना डिस्‍चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ हजार ३ सय ५३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा आइतबारसम्म कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । मुलुकभर ६ हजार ५ सय ४४ जना आइसोलेसनमा र क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेको प्रवक्ता गौतमले बताए ।

कहाँ कति संक्रमित ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org