ताजा समाचार

लक्षण नदेखाउने संक्रमितहरुले पनि उत्तिकै भाइरस बोकेका हुन्छन्

एजेन्सि। लक्षण नदेखाउने कोभिड–१९ का बिरामीले पनि अन्य संक्रमित जत्तिकै मात्रामा भाइरस बोकेको हुने एक दक्षिण कोरियाली अनुसन्धानको रिपोर्टले देखाएको छ । गत मार्चको सुरुवातमा कोरियाले देशव्यापी रुपमा तिव्र परीक्षण गराउँदा थुप्रै लक्षण बिनाका संक्रमितहरुको पहिचान गरि तिनलाई आइसोलेट गरि राखेको थियो ।
तिनै बिरामीहरुमा गरिएको रिसर्च लगायत अन्य थुप्रै प्रमाणहरुको अध्ययनपछि नै लक्षण नदेखाए पनि व्यक्तिले अधिक मात्रामा भाइरस फैलाउन सक्ने पत्ता लागेको हो । त्यस्ता बिरामीहरुले अन्य साधारण संक्रमित बराबर कोरोना भाइरस बोक्ने गरेको भएपनि कत्तिको संक्रमण फैलाउन सक्छन् भन्ने चाहिँ अझै स्पष्ट भन्न नसकिने बताइएको छ ।

यसमा अनुसन्धानकर्ताहरुले कुनै लक्षण नभएपनि परक्षिणका क्रममा कोरोना पोजेटिभ देखिएकाहरुलाई सामुदायिक उपचार केन्द्रमा रहँदा गम्भीरतापूर्वक अध्ययन गरेका हुन् । जसपछि लक्षण नदेखाएपनि ती संक्रमितहरुको नाक अनि घाँटीबाट स्वाब संकलन गर्दा अधिक मात्रामा कोरोना भाइरस फेला पारिएको हो । उनीहरुको नियमित परीक्षण गराइ, नतिजा नेगेटिभ आएपछि मात्र तिनलाई बाहिर जान दिइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org