ताजा समाचार

मेडिसिटी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत कलंकीका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

(आज) सोमबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

उनका अनुसार मधुमेहको रोगसँगै निमोनियाँको समस्या देखिएपछि साउन १५ गते अस्पताल भर्ना भएका थिए । ती पुरुषमा गत साउन १९ गते नमुना संकलन गरे साउन २२ गते कोरोना पुष्टि भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org