ताजा समाचार

डोटीमा घर भत्किँदा परिवारका ४ जनाको मृत्यु, पाँच जना घाइते

काठमाडाैँ । डोटीमा घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको छ।

गएराति २ बजे आर्दश गाउँपालिका वडा नम्वर १ बाजककनी वस्तीका ४० वर्षीय लोवे लुहारको माटो र ढुँगाले बनेको तीन तले कच्ची घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३५ वर्षीया श्रीमती बिष्ना लुहार, ११ वर्षीय छोरा पारस लुहार, ५ वर्षीय छोरी सिरु लुहार, ७ वर्षीय छोरी जेनीस लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्र मल्लले जानकारी दिए।

अन्य पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा लोवे घरमुली लोवे लुहार सहित ५२ वर्षीय आमा पाना लुहार ५५ वर्षीया सासुआमा झिगंरी विक, सा १३ वर्षीय साला इन्द्र विक र २ वर्षीया छोरी अस्मिता लुहार रहेका छन्। घरमा रहेका सरसमान र पशुचौपाया सबै पुरिएका छन्।

घटनाका घाइतेलाई उपचारको लागि दिपायल ल्याइसकेको मल्लले बताए। पुरानो घर भएकाले निरन्तर परेको पानीका कारण भत्केको हुनसक्ने प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org