ताजा समाचार

गोंगबु हत्याकाण्ड : अभियुक्त सार्वजनिक

काठमाडाैँ । प्रहरीले गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ।

तीन दिनअघि गोंगबुुमा भएको एक पुुरुषको हत्या घटनामा आमाछोरीको संलग्नता रहेको निस्कर्षमा पुगेको प्रहरीले आज एकजनालाई सार्वजनिक गरेको हो।

सो आरोपमा प्रहरीले कल्पना मुडभरी (पौडेल) लाई चितवनबाट पक्राउ गरेको जनाएको छ।

गत आइतबार दाङका कृष्णबहादुर बोहोराको हत्या गरिएको कोठामा डेरा गरी बस्ने कल्पना र उनकी १५ वर्षीया छोरीलाई चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको हो।

उनीहरुको वयानका आधारमा प्रहरी उनीहरुले नै हत्या गरेको निस्कर्षमा पुुगेको हो।

प्रहरीले हत्यामा थप व्यक्तिको संलग्नताको आशंका गरे पनि कल्पनाले अन्यको संलग्नता नरहेको वयान दिएकी छन्।

प्रहरी श्रोतका अनुसार आफूमाथी यौन हिंसा भएकोले हत्या गर्न बाध्य भएको उनको वयान छ। ‘आफूमाथी पटक पटक यौन हिंसा भएपछि सुरुमा अण्डकोषमा हानेँ, पछि खुकुुरीले घाँटी र खुुट्टा काटेँ,’ अनुुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले उनलाई उद्धृत गर्दैै भने।

काटिसकेपछि जिउ सुटकेसमा तथा खुुट्टा र टाउको जेब्रा झोलामा राखेर छुुट्टा छुुट्टै स्थानमा फालिएको थियो। शव मिल्काउन छोरीको सहयोग लिएको कल्पनाले बताएकी छन्।

हत्यामा प्रयोग भएका दुुईवटा खुुकुरी र हम्मर प्रहरीले फेला पारिसकेको छ।

गएको आइतबार बिहान बोहोराको शव सडकमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर टाउको र खुुट्टा भने ३ सय मिटर टाढा खालि जग्गाको कुुनामा फेला परेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org