ताजा समाचार

सिन्धुपाल्चोकमा पहिरोले २१ घर पुरिए, ठूलो मानवीय क्षतिको आशंका

काठमाडौंसिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरोले २१ घर पुरिएको छ।

आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छ। ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका छ, वडा अध्यक्ष प्रताप लामाले भने, अहिले नै यति पुरिए भन्न सकिने अवस्था छैन, खोजी र उद्दार जारी छ।’

उनले खोजी र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर माग गरिएको बताए। लिदिमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए। ती ठाउँका घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको अध्यक्ष लामाले बताए।

यस्तै प्रहरी टोली घटनास्थल जाँदै गरेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता माधव काफ्लेले जानकारी दिए। उनका अनुसार के कति क्षति भयो भन्ने बारेमा प्रहरी घटनास्थल पुगेपछि थाहा हुने उनले जनाए। यसबारे थप विवरण आउन बाँकी रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org