घाटामा रहेको प्राधिकरण पूर्वाधारमा लगानी गर्न सक्ने संस्थान बन्याे : कुलमान
काठमाडाैँ । घाटामा रहेको प्राधिकरण अहिले नाफामा मात्रै होइन पूर्वाधारमा समेत लगानी गर्न सक्ने भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।
प्राधिकरणको ३५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले आर्थिक वर्ष २०७६।७७ मा ११ अर्ब रुपैयाँ खुद नाफा गरेर विद्युतको पूर्वाधारमा लगानी गर्न सक्ने भएको बताए।
उनका अनुसार आर्थिक वर्ष २०७२।७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ संचित घाटामा रहेको प्राधिकरण हाल ५ अर्ब संचित नाफा कमाउन सफल भएको छ। त्यस्तै विद्युत चुहावट पनि १० प्रतिशत हाराहारीले घटेको उनले बताए। आर्थिक वर्ष २०७२।७३मा २५ दशमलव ७८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६।७७ मा १५ दशमलव २७ प्रतिशतमा सीमित गर्न सफल भएको बताए। यसले प्राधिकणको वित्तिय सुधारमा सहयोग पुगेको उनले जनाकारी दिए।
विद्युत खपतको रुपमा हेर्ने हो भने चार वर्ष अघिको तुलनामा विद्युतको पहुचनै २३ प्रतिशतले बढेको छ। प्रतिव्यक्ति वार्षिक विद्युत खपत त्यो समयमा १ सय ३१ युनिट रहेकोमा अहिले २ सय ६० युनिट पुगको छ।
त्यस्तै, आर्थिक वर्ष २०७२।७३ सम्ममा ६६ केभी र सो भन्दा माथिएका प्रसारण लाइन लम्बाइ २ हजार ९ सय ११ सर्किट किलोमिटर पुगेकोमा आर्थिक वर्ष २०७६।७७ सम्ममा करिव ४ हजार २ सय ७५ सर्किट किलोमिटर पुगेको छ। यो करिव ४७ प्रतिशतले बढि हो। ग्रीड सबस्टेशनहरुको क्षमता करिव २ हजार २ सय २३ एमभीए थिया भने अहिले यो क्षमता ४ हजार १ सय ६१ एमभीए रहेको उनले जानकारी दिए।
अन्तरदेशीय प्रसारण आर्थिक वर्ष २०७२।७३ सम्ममा नेपाल भारतबीच करिव ३ सय ५० मेगावाट विद्युत प्रवाह हुन सक्क्ने अन्तरदेशीय प्रसारण संरचना रहेकोमा अहिले प्रसारण क्षमता वृद्धि भई १५०० मेगावाट पुगेको छ। बुटलव गोरखपुर, मौनहिया सम्पतिया, इनरुवा पूर्णिया, लम्की बरेली, कोहलपुर उत्तरप्रदेश निर्माण विभिन्न चरणमा छन्।
नेपाल र चीनबीच पनि रातमाटे रसुवागढी केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको लागि प्राधिकरण र स्टेट ग्रीड चाइनाबीच समझदारी पत्रमा हस्ताक्षर भइ नेपालतिरको लाइनको संभाव्यता अध्ययन पुरा भएको उनले जानकारी दिए।
संस्थागत सुशासनको कुरा गर्दा सूचना विधी मार्गचित्रलाई प्रभावकारी रुपमा कार्यन्वयनमा ल्याई डिजिटल एनईए अवधारणअनुरुप प्राधिकरणको हरेक कार्यक्रमलाई डिजिटल प्रविधिमा रुपान्तरण गरिने उनले बताए। प्राधिकरण समय र परिस्थितिको माग अनुसार संगठन संरचनालाई पुनःसंरचना गर्दै आफ्नो व्यवसायलाई अझ प्रभावकारी र सेवामुलक बनाएको उनले दावी गरे।
यस्तै, कोरोनाको अवस्थामा समेत कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराएर काम गराइएको उनले जानाकारी दिए। कर्मचारीको आलोपालो प्रणालीमा काम गर्ने वातावरण मिलाइएको र सबै कर्मचारीको कोरोना बीमासमेत गरेको उनले जानकारी दिए।
Comments
अरु समाचार
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...