चितवनमा ४२ सशस्त्र प्रहरीसहित ४६ संक्रमित
काठमाडाैँ ।सशस्त्र प्रहरीको चितवन भण्डारास्थित गणका ४२ प्रहरीसहित जिल्लामा एकै दिन ४६ जनामा कोरोना संक्रमण देखिएको छ ।
भरतपुरमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालाले सोमबार राति थप संक्रमितको संख्या सार्वजनिक गरेको हो ।
प्रयोगशालाका अनुसार ३ सय ५५ वटा नमुना परीक्षण गर्दा ५० वटामा संक्रमण भेटिएको थियो । तीमध्ये राप्ती नगरपालिका–६ को प्रहरी क्वारेन्टाइनका दुई महिलासहित ४२ र भरतपुर महानगरपालिकाका चार महिला छन् । बाँकी मकवानपुरकी एक महिला, बाराका एक महिला र पुरुष तथा गोरखाकी एक महिला हुन् । उनीहरू भरतपुरकै अस्पतालहरूमा उपचार गराउन आएका बिरामी हुन् ।
चितवनमा एकै दिन थपिएका बिरामीको यो संख्या अहिलेसम्मकै बढी हो । सशस्त्र प्रहरीको भण्डारास्थित गणमा मात्र ५० जना संक्रमित भइसकेका छन् । ‘पहिले आठ जनामा संक्रमण भेटिएपछि ६० जनाको स्वाब संकलन गरेर पठाएकोमा थप ४२ जनामा संक्रमण भेटियो,’ गणका प्रमुख डीआईजी मन्दिप श्रेष्ठले भने ।
अहिलेसम्म चितवनमा संक्रमितको संख्या २५५ पुगेको छ । भरतपुरको सरकारी अस्पतालमका बेडहरू भरिइसकेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताएका छन् । उनका अनुसार सोमबारसम्म मात्रै अस्पतालबाहिर ३० संक्रमित ‘होम आइसोलेसन’मा छन् ।
Comments
अरु समाचार
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
काठमाडौं । बहुप्रतिक्षीत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा...
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा ठूलो वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। मनसुनको...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
खिलेन्द्र पौडेललाई आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरियो
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आइएमई लिमिटेड र जीएमइको मर्जरपछि बिदा भएका...
-
आज गाईजात्रा पर्व मनाइँदै,उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर...