ताजा समाचार

काभ्रेमा कोरोना संक्रमणबाट ९८ वर्षीय वृद्धको मृत्यु

काठमाडाैँ । कोरोना संक्रमण देखिएको एक वृद्धको धुलिखेल अस्पतालमा मृत्यु भएको छ।

अस्पतालमा उपचारको क्रममा धुलिखेल नगरपालिका वडा नं ७ घर भएका ९८ वर्षीय वृद्धको गएराति मृत्यु भएको जिल्ला कमाण्ड पोष्टका सचिव डा.नरेन्द्र कुमार झाले जानकारी दिए। कोरोना संक्रमण देखिएका उनी साउन २७ गते अस्पताल भर्ना भएको झाले बताए। वृद्धका परिवारमा छोरा र बुहारीमा समेत कोरोना संक्रमण देखिएको छ। उनीहरु होमक्वारेन्टाइनमा रहेको जिल्ला कमाण्ड पोष्ट सचिव डा. झाले जानकारी दिए।

जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य दुई पुगेको छ । यस अघि पाँचखाल नगरपालिका–१ अनेकोटकी एक महिलाको कोरोना संक्रमणबाट काठमडौंमा मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएका वृद्धको शव व्यवस्थापनका लागि पशुपतिको विद्युतीय शवदाह गृह लाने तयारी गरिरहेको डा झाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org