ताजा समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी

काठमाडाैँ । कोरोना संक्रमण भयावह हुने स्थिति देखिएपछि काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको छ।

त्यसका लागि उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीबीच आन्तरिक छलफल भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

‘जुन ढंगले उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ, नियन्त्रणका लागि निषेध लागू नगरी नहुने देखिएको छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले मंगलबार बिहान  भनिन्, ‘अब चाँडै संयुक्त बैठक बसेर यसबारे निर्णय गर्ने तयारी छ।’

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार अत्यावश्यकबाहेक सबै गतिविधि बन्द हुने गरी निषेध लागू गर्ने तयारी भइरहेको हो।

यस विषयमा सरकारले पनि छलफल गरिरहेकाे उनकाे भनाइ छ।

अहिले देशका ७७ जिल्लामध्ये आधाभन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। तर कोरोना संक्रमणको उच्च जोखिमकै क्षेत्रमा पर्ने काठमाडौं उपत्यकामा भने अझै प्रतिबन्ध लगाइएको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org