ताजा समाचार

नेपाली राष्ट्रिय झण्डा जलाएपछि प्रहरीले थाल्यो अनुसन्धान, एक जना पक्राउ

काठमाडाैँ । सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक गरिएको थियो।

त्यस भिडिओको ४० औं सेकेन्डमा गायक ‘गेल्जङ दोर्जे तामाङले झण्डा जलाएको देखिन्छ। भिडिओमा राष्ट्रिय झण्डा जलाएपछि अहिले चौतर्फी विरोध भइरहेको छ। धेरैले गायकलाई कारबाहीको माग गरेका छन् भने भिडिओलाई हटाउन समेत माग गरिएको छ।

यता नेपाल प्रहरीले गायक तामाङको खोजी गर्न थालेको छ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार यस विषयमा अनुसन्धान अघि बढाइसकेको छ।

‘त्यस सम्बन्धमा अनुसन्धान सुरू गरिसकेका छौं’ एसएसपी कडायतले भने।  उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका ३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ।

मकवानपुरको घटना भएकोले जिल्ला प्रहरी कार्यालय, मकवानपुरले गायकको खोजी गर्न टोली खटाइसकेको छ। प्रहरीले क्यामेराम्यान इराक लिम्बूलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले लिम्बूलाई काठमाडौंबाट पक्राउ गरेको हो । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।’ प्रवक्ता तथा डिएसपी इन्द्रबहादुर राणाले भने।

मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न। कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org