ताजा समाचार

बाढी प्रभावित क्षेत्रको अनुगमनमा गृहमन्त्री बादल पुगे बाजुरा

काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा पहिरो र बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेशको बाजुरा पुगेका छन्।

विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख, प्रदेश सरकारका मन्त्री र जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित विपद् प्रभावित क्षेत्रको निरीक्षणका लागि मन्त्री थापा बाजुरा पुगेका हुन्।

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले ताप्रेसेरा, घांघर, सिम र तिलिचौरमा निरीक्षण र प्रभावितहरूसँग भेटघाटको कार्यक्रम रहेको बताए।

बाजुरामा पहिरोमा परी यसै वर्ष दुई जनाको मृत्यु भएको छ भने साँफे-मार्तडी सडक डेढ महिनादेखि अवरूद्ध छ। पहिरोले ७० बढी परिवार विस्थापित भएका छन् भने १६ घरमा आंशिक क्षति भएको छ।

त्यहाँका गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका र बुढीगंगा नगरपालिकाका विभिन्न वडाका बस्तीमा बढी क्षति भएको छ।

आज मन्त्री थापाले केही प्रभावितलाई राहत वितरण गरे। थप प्रभावितलाई सरकारले राहत दिने मन्त्री थापाले आश्वासन दिएका छन्।

उनले जिल्लास्थित सुरक्षा निकायलाई मद्दत र उद्धारमा खटिन निर्देशन दिए।

यस्तै, प्रदेश र स्थानीय तहलाई पनि प्राकृतिक विपद्का बेला नागरिकका समस्या तत्काल समाधान हुने गरी सक्रिय रहन आग्रह गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org