ताजा समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित

काठमाडाै ।  काठमाडौं उपत्यकामा सोमबार २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

यो अहिलेसम्मकै बढी संक्रमित संख्या हो।

संक्रमितमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन्।

सोमबार काठमाडौं उपत्यकामा १ सय ६८ जनामा कोरोना पुष्टि भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org