ताजा समाचार

निषेधाज्ञापछिको काठमाडौं उपत्यका (फोटोफिचर)

काठमाडौँ । कोरोना संक्रमण भयावह हुने देखिएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानी/बिक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्युसंस्कार, सुरक्षा निकायलगायत अत्यावश्यकबाहेकका सबै क्षेत्र एक साता बन्द गर्ने निर्णय मंगलबार गरेको हो ।

निषेधाज्ञापछि काठमाडौं उपत्यकामा बिहीबार अत्यावश्यक सेवाबाहेकका सवारी चलेका छैनन् । निषेधाज्ञा अवधिभर औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु/सेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् ।

बिहीबार बिनाकाम सडकमा निस्कनेलाई एक घण्टा नियन्त्रणमा राखेर घर पठाइएको छ । पहिलो दिन भएकाले चेतावनीस्वरुप एक घण्टा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई १ महिना कैद वा ५ सय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org