ताजा समाचार

नेपाल प्रहरीका ४९ एसपीको सरुवा (सूचिसहित)

काठमाडौं । नेपाल प्रहरीको ४९ जना उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

नेपाल प्रहरीको आज भएको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।

प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीले नेतृत्व सम्हालेपछि यो पहिलो सरुवा हो । २०७७ साल भाद्र महिनाको तलब खाने गरी सरुवा गरिएको पत्रमा उल्लेख छ ।

एसपी तुलबहादुर कार्कीलाई नुवाकोट, प्रवीण पोखरेल रुपन्देही, प्रविणलाल श्रेष्ठ गुल्मी, राजन अधिकारी सिन्धुपाल्चोक, राजेन्द्रप्रसाद धमला सप्तरी, सन्तोष कुमार भट्टराई पाल्पा, सन्तोषसिंहर राठौर सलौही र होविन्द्र बोगटी स्याङ्जा जिल्लामा सरुवा गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org