ताजा समाचार

एकीकृत क्‍वारेन्टिन व्यवस्थापन समिति गठन, सुरक्षाको जिम्मा नेपाली सेनालाई

काठमाडौं । सरकारले क्‍वारेन्टिन व्यवस्थानका लागि  एकिकृत क्‍वारेनटिन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमणको जोखिम बढ्दै गएकोले कोरोना नियन्त्रणका लागि थप व्यवस्थापन गर्न एकिकृत क्‍वारेन्टिन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार समितिको संयोजकमा गृह सचिव रहने र स्वास्थ्य मन्त्रालयका उच्च तहका अधिकारी रहने र सदस्यहरुमा सामान्य प्रशासन मन्त्रालयले तोकेका सहसचिव,  सहरी विकास तथा भवन निमार्ण विभागका महानिर्देशक, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रथम श्रेणीका अधिकारीहरु र क्‍वारेन्टिन रहने स्थानीय तहका प्रमुख तोकेका प्रतिनिधि सदस्य रहने छन् ।

उक्त समितिले काठमाडौंका तीन वटै जिल्लामा रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमार्फत क्‍वारेन्टिन स्थलको पहिचान र सञ्‍चालन गर्ने डा. खतिवडाले जानकारी दिए । समितिले क्‍वारेन्टिनको निर्माण र अतिआवश्यक कार्य गर्ने उनले बताएका छन् ।

उनका अनुसार क्‍वारेन्टिनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

उक्त क्‍वारेन्टिनमा विदेशबाट उद्धार गरेर ल्याइएका व्यक्तिहरुलाई राखिने र त्यसवापतको खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गरिने जनाइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org