ताजा समाचार

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतककाे कुल सख्या १५३ पुग्यो

काठमाडौँ । कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ ।

नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् ।

मिर्गौलाको समस्या भएका उनलाई आइतबार मात्रै उपचारको लागि मानव अगं प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो ।

यस्तै ह्याम्स अस्पतालमा मृत्यु हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् । पत्थरीको बिरामी रहेका उनलाई ३२ साउनमा अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै रुपन्देहीमाबुटवलमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १५३ पुगेको छ ।
आजै स्वास्थ्य मन्त्रालयले झापा, पर्सा र सर्लाहीका एक एक जनाकोमृत्यु भएकाे जानकारी दिएकाे थियो । तर बुटवल र उपत्यकाका ४ जनाको विषयमा भने मन्त्रालयले औपचारिक जानकारी दिइसकेकाे छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org