ताजा समाचार

बुटवलका कोरोना संक्रमितको भक्तपुरमा मृत्यु

भक्तपुर । बुटवलको कोरोना संक्रमित पुरुषको भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

‘मिर्गौला रोगबाट पीडित उहाँलाई संक्रमण पुष्टि भएपछि डायलासिसका लागि ल्याइएको रहेछ’ जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले भने, ‘उहाँको आइतबार मृत्यु भएको हो ।’

उनका अनुसार शव व्यवस्थापन भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org