ताजा समाचार

काठमाडौँ महानगरका मेयर शाक्यलाई गगन थापाको ६ बुँदे सुझाब (सुझाबसहित)

काठमाडाैँ । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौँ क्षेत्रनम्बर ४ का संसद गगनकुमार थापाले काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना रोकथामका लागि ६ बुँदे सुझाब दिएका छन्।

नेता थापाले महानगरको कार्यालयमै पुगेर कोरोना रोकथामका लागि महानगरले खेल्न सक्ने भूमिकाबारे ६ बुँदे सुझाव दिएका हुन्।

उनले महानगरको कन्ट्याक्ट ट्रेसिङ ढिला रहेको भन्दै चुस्त दुरुस्त बनाउन जनशक्ति थप गर्न सबैको टेस्ट वार्ड र टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन सुझाब दिएका छन्।

‘महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ। यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ। यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्नुस्’, थापाले भने, ‘कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन। यी सबैको टेस्ट वार्ड र टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउनुस्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org