ताजा समाचार

७४३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३२ हजार ६७८

काठमाडौं । नोभेल कोरोना भाइरसका संक्रमित ७४३ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४३  संक्रमित थपिएका हुन् ।

जसमा २४६ महिला र ४९७ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १७५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १८ हजार ८०६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २३४  जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख १० हजार ४६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार १५४ जना र होम आइसोलेसनमा ४ हजार ५६१ रहेका छन् । आजसम्म देशभर ११ हजार २७५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १० जना भेन्टिलेटरमा रहेका छन् ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।

शनिबार देशभर ११ हजार ५१९ जनाको पीसीआर परीक्षणका क्रममा ६३४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी यस अवधिमा १३६ जना डिस्चार्ज भएका थिए भने ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

आइतबार गरिएको ८ हजार २६ पीसीआर परीक्षणमा ८३८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने २८१ जना संक्रमणमुक्त भएका थिए । आइतबार कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org