ताजा समाचार

कोरोना संक्रमित थप सातजनाको मृत्यु

काठमाडाैँ । कोरोना संक्रमित पछिल्लाे २४ घन्टामा थप सातजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिला र ६ जना पुरुषको निधन भएको जनाएको छ ।

निधन हुनेमा काठमाडौंका तीनजना छन् ।

काठमाडौंकी ७१ वर्षीया महिला, ७४ वर्षीय पुरुष र ६६ वर्षीय पुरुष भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यसैगरी सिराहका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् ।

योसमेत सोमबारसम्म कोरोना संक्रमण भएर निधन हुनेको संख्या एक सय ६४ पुगेको गौतमले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org