ताजा समाचार

काठमाडौंमा २३० सहित उपत्यकामा थपिए ३०१ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ३०१ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना संक्रमित उपत्यकामा थपिएका हुन् ।

उनका अनुसार काठमाडौंमा २३०  जना, भक्तपुरमा २४ र ललितपुरमा ४७ कोरोना संक्रमित देखिएका

मंगलबार काठमाडौंमा ११९ जना, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरी २३२ कोरोना संक्रमित देखिएका थिए ।

सोमबार काठमाडौंमा १७७, ललितपुरमा ३३ र  भक्तपुरमा १४ गरी २२४ संक्रमित थपिएका थिए ।

आइतबार काठमाडौंमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ गरी १६६ संक्रमित थपिएका थपिएका थिए ।

पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना संक्रमित थपिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org