ताजा समाचार

झापाको कामाटोलीमा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्रको गोली लागी एक जनाको मृत्यु

काठमाडाैँ । झापा गाँउपालिका ३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको छ ।

स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागी कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो ।

गोरु काटेको खबर पाएपछि गएको प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्रले गोली चलाएको थियो ।

सोक्रममा गोली लागि गम्भीर घाइते भएका ३८ वर्षीय आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर मृत्यु भएको अस्पताल सञ्चालक दुर्गा प्रसाईँले खबरहबलाई जानकारी दिए ।

स्थानीयले काटेको गोरुको टाउको र खुट्टा प्रहरीले बरामद गरेपछि आक्रोशित बनेका स्थानीयबासीले सशस्त्र प्रहरीमाथि नै आक्रमण गरेको बताइएको छ ।

सो क्रममा दर्जनौँको समूहमा रहेका स्थानीयहरु टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि जाइ लागेका थिए ।

झापा गाउँपालिकाका प्रमुख जय नारायण साहका अनुसार गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेर सदरमुकाम लान खोजेपछि स्थानीयबासी प्रहरीमाथि नै आक्रमणमा उत्रिएका थिए ।

प्रहरीको गोली लागि आलमको मृत्यु भएपछि सो क्षेत्र असामान्य बनेको छ । स्थानीयबासीले टायर बालेर विरोध गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org