भागभन्डा मिलाउन मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीकाे तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भागभन्डा मिलाउनकै लागि मन्त्रालय फुटाएर केही मन्त्री थप गर्ने तयारी थालेका छन् ।
मन्त्रालय फुटाउने विषयमा पार्टीभित्र सैद्धान्तिक सहमति समेत गरिसकेका प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फुटाृएर भौतिक तथा पूर्वाधार र यातायात मन्त्रालय छुट्टाछुट्टै मन्त्रालय बनाउने तयारी गरेका छन् । यातायात मन्त्रालय अन्तर्गत रेल विभाग, पानी जहाज, यातायात विभाग रहनेछन् ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई फुटाएर उद्योग मन्त्रालय र वाणिज्य तथा आपूर्ती मन्त्रालय बनाउने तयारी प्रधानमन्त्री ओलीले थालेका छन् । साथै प्रधानमन्त्री मातहत रहने गरी एक मन्त्रालय थप्ने तयारी रहेको छ । अब विस्तारित हुने मन्त्रिपरिषद्मा नेकपाको सचिवालय बैठकले विवाद समाधान गर्ने उपाय सिफारिस गर्नका लागि बेनको कार्यदलका सदस्यलाई मन्त्री बनाउने गरी तयारी थालेको छ ।
हाल सुचना तथा सञ्चार मन्त्रालय र सहरी विकास मन्त्रालय खाली रहेको छ । यसअघि पनि कृषि विकास, पशुपन्छी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर प्रधानमन्त्री ओलीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो । पछि पुनः मन्त्रालय फुटाएपछि मन्त्रालयको संख्या २१ बाट २२ वटा रहेको थियो । दुई वटा मन्त्रालयलाई फुटाएर मन्त्रिपरिषद् पुन गठन गरेसँगै अब मन्त्रालयको संख्या २५ वटा रहनेछ ।
संविधानले प्रधानमन्त्रीलाई २५ जनासम्म रहनेगरि मन्त्रीपरिषद् गठन गर्न सक्ने व्यवस्था गरेकाे छ । जसमा प्रधानमन्त्रीसहित उपप्रधान,मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री हुन्छन् भनी संविधानमा स्पष्ट व्यवस्था गरिएको छ । राजनीतिक भागवण्डाका पुर्याउन जथाभावी मन्त्रालय बनाउने विकृती बढेपछि संविधानमा नै मन्त्रालयकाे संख्या किटान गरिएकाे हाे ।
नेपालकाे राजनीतिक इतिहासमा कुनै बेला ५१ सदस्यीय मन्त्रिपरिषद समेत गठन भएकाे थियाे । यसअघि पनि भागभन्डाका कारण विज्ञान तथा प्रविधि मन्त्रालय मात्र हालसम्म ६ पटक गठन तथा पुनःगठन भएको थियो । २०३९ मंसिर २० गते विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका रूपमा गठन भएको यो संस्था ०५३ जेठ २ गते विज्ञान तथा प्रविधि मन्त्रालयका रूपमा गठन भएको थियो ।
०६१ चैत १८ मा पुनःगठन हुँदै वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय बनेको यो मन्त्रालय ०६६ जेठ २९ मा पुनः विज्ञान तथा प्रविधि मन्त्रालय बन्यो । ०६९ जेठ ५ गते पुनः विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय बनेको यो मन्त्रालय ०७२ पुस ९ मा पुनः फुटेर विज्ञान तथा प्रविधि मन्त्रालय बनेको थियो ।
Comments
अरु समाचार
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...
-
परराष्ट्रमन्त्री डा राणाद्वारा न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा...
-
कर्मचारी अभावमा गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन
काठमाडौं । कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा...